डडेल्धुरा बस दुर्घटना अपडेट: मृतक पाचै जनाको सनाखत, ३४ घाइते, तीनको अवस्था गम्भीर

डडेल्धुरा: गन्यपाधुरा गाउँपालिका–१ साहुखर्कमा बुधबार बिहान भएको बस दुर्घटना मा मृत्यु भएका सबैको सनाखत भएको छ । दुर्घटनाा घाइते ३ जनाको भने अवस्था गम्भिर छ । डेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलेडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार मृत्यु हुने पाँच जनाकै सनाखत भएको हो । मृत्यु हुनेमा बझाङको केदारस्युका–४ का २५ वर्षीय नरेन्द्र गुरधामी, ५५ वर्षीया कल्सीदेवी गुरधामी, हरुली बोहरा, तल्कोट–४ का ४४ वर्षीय धनबहादुर घर्ती र २५ वर्षीय भारतीय नागरिक मोहोमद नासिर छन् ।

भीमदत्त राजमार्गअन्तर्गत साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजे बस दुर्घटना भएको थियो । धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्बरको बस दुर्घटनामा परेको हो। बस सडकबाट ६० मिटर तल खसेको जनाइएको छ। ओभर लोड भएर बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। दुर्घटनामा ३४ जना घाइते भएका छन्। घाइतेमध्ये बझाङको थलरा–३ का धनबहादुर चौहान, मष्टा–१ का २२ वर्षीय विनोद थापा र गोदावरी नगरपालिका–१० का रमेश चौधरी गम्भीर रहेको डडेल्धुरा अस्पतालले जनाएको छ।


प्रकाशित | ११ बैशाख २०७६, बुधबार १२:०५