एनआरएनए स्वीडेनको सहयोगमा कुश्माको खुर्कोटमा स्वास्थ्य चौकी भवनको शिलान्यास

कुस्मा । गैर आवसिय नेपाली संघ राष्ट्रिय परिषद् स्वीडेनको आर्थिक सहयोगमा पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । भवनको शिलान्यास गैर आवासीय नेपाली संघ स्वीडेनका पूर्व अध्यक्ष तथा आइसिसी सदस्य अर्जुन कुमार श्रेष्ठले गर्नुभयो ।

खुर्कोटमा ३ कोठे स्वास्थ्य चौकी भवन निर्माणमा गैर आवासीय नेपाली संघ स्वीडेनले दुई किस्ता मार्फत १६ लाख रुपैयाँ उपलव्ध गराउने छ

खुर्कोटमा ३ कोठे स्वास्थ्य चौकी भवन निर्माणमा गैर आवासीय नेपाली संघ स्वीडेनले दुई किस्ता मार्फत १६ लाख रुपैयाँ उपलव्ध गराउने छ । अन्य रकम नगरपालिका सँग माग गर्दै ४ कोठे भवन निर्माण गर्ने भएका छन् । भवन निर्माण पश्चात त्यहाँका नागरिकले गुणस्तरिय स्वास्थ्य सेवा पाउने विश्वास लिइएको छ । साथै आइसिसी सदस्य श्रेष्ठले व्यक्तिगत रुपमा २५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

कार्यक्रममा खुर्कोटका वडा अध्यक्ष यदुनाथ बास्तोला, नेकपा एमालेका सचिवलय सदस्य शेषराज रेग्मी, माओवादीका प्रतिनिधी कृष्णप्रसाद शर्मा र नेपाली काँग्रसका प्रतिनिधी तिर्थप्रसाद शर्मा, खुर्कोट स्वास्थ्य चौकी व्यवस्थान समितका सदस्य बावुराम शर्मा, स्थानीय गुप्तनिधी शर्मा सँगै खुर्कोट स्वास्थ्य चौकीका प्रमुख टेकनाथ सुवेदी लगायत सहभागि हुनुहुन्थ्यो ।

एनआरएनए स्वीडनले सन् २०१५ मा रोल्पाका दुई ठाउँमा विद्यालय भवन निर्माण गरेको थियो भने गत वर्ष रुकूमको छिनखेतमा स्वास्थ्य चौकी भवन निर्माण गरेको थियो ।  संघले नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आएको छ ।

खुर्कोटमा स्वास्थ्य चौकीको आफ्नै भवन नहुँदा १० वर्षदेखि वडा कार्यालयको कोठाबाट सेवा सञ्चालन हुँदै आएको थियो । स्थानीयले भवन निर्माणमा पहल गर्दा पनि सरकारी पक्षले माग सुनुवाई गरेको थिएन । तर स्थानीय सन्तलाल जैसीले ६ आना जग्गा निशुल्क उपलब्ध गराएपछि एनआरएनए स्वीडेनको सहयोगमा भवन निर्माण हुन लागेको हो ।

एनआरएनए स्वीडनले परोपकारी काम अन्तर्गत सन् २०१५ मा रोल्पाका दुई ठाउँमा विद्यालय भवन निर्माण गरेको थियो भने गत वर्ष रुकूमको छिनखेतमा स्वास्थ्य चौकी भवन निर्माण गरेको थियो । स्वीडेनलेहरेक बर्ष परोपकारी कार्य गदै आएको संघले नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आएको छ ।

त्यस्तै, कार्यक्रममा स्वास्थ्य चौकी भवन निर्माणका लागि सहयोग गर्ने गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद् स्वीडेन अध्यक्ष दिनेश कुमार श्रेष्ठ लगायत सम्पर्ण पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गरिएको छ ।


प्रकाशित | १६ बैशाख २०७८, बिहीबार १९:१८