नेइमारसँग एकै क्लबबाट खेल्ने कोउटिन्होको चाहना !

एजेन्सी : स्पेनिस बार्सिलोनाका स्टार मिडफिल्डर फिलिपे कोउटिन्होले राष्ट्रिय टिमका आफ्ना सहकर्मी नेइमारसँग एकै क्लबबाट खेल्ने चाहना व्यक्त गरेका छन् । नेइमार अहिले फ्रेन्च क्लब पिएसजीबाट खेलिरहेका छन् भने कोउटिन्हो गत जनवरीमा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोना आएका थिए ।

ब्राजिलको राष्ट्रिय टिमबाट नेइमार र कोउटिन्हो सँगै खेल्छन् । उनीहरूबीच व्यक्तिगत रूपमा निकै सुमधुर सम्बन्ध रहेको बताइन्छ । नेइमार एक क्षमतावान् खेलाडी भएको उल्लेख गर्दै उनले उनीसँग एकै क्लबबाट खेल्न भने जुरिनसकेको बताए ।

‘उनीसँग खेल्नु मेरा लागि सधैं सुन्दर कुरा हो । यद्यपि, अहिलेसम्म क्लब तहमा मैले यो अवसर पाएको छैन,’ नेइमारसँग भविष्यमा एकै क्लबबाट खेल्ने सम्भावनाबारे सोधिएको प्रश्नमा कोउटिन्होले भने, ‘अवश्य पनि, यो म चाहन्छु । कुनै दिन यस्तो भए मेरा लागि निकै सुन्दर कुरा हुनेछ ।’ नेइमार २ वर्षअघि बार्सिलोना छाडेर विश्वकीर्तिमानी मूल्य २२२ मिलियन युरोमा पिएसजी गएका थिए । यता, बार्सिलोनाले कोउटिन्होलाई गत जनवरीमा लिभरपुलबाट १४५ मिलियन पाउन्डमा भित्र्याएको थियो


प्रकाशित | १० बैशाख २०७६, मंगलवार १७:५१