गुटको ईन्चार्ज नबन्ने भन्दै एमाले नेता सोम मिश्रद्वारा माधव समूह परित्याग

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य सोम मिश्रले माधव नेपाल समूह परित्याग गर्नुभएको छ । पार्टीका महासचिव इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, पूर्वमन्त्री तथा केन्द्रीय सदस्य महेश बस्नेत, पार्टी जिल्ला अध्यक्ष बचन देउवा र एमाले जिल्ला नेता बासुदेव
थापालगायत टोलीसँग छलफल गरी एमालेलाई एक ढिक्का बनाई अगाडी बढ्ने प्रतिबद्दतासहित माधव समूह परित्याग गरी अध्यक्ष ओली पक्षमा आउनुभएको हो ।

माधव समूहले समानान्तर कमिटी गठन गर्दा प्रमुख मिश्रलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको थियो । त्यसमा मेयर मिश्र असहमति प्रकट गर्नुभएको थियो । तत्कालिन समयमा एमाले र माओवादी केन्द्र एकिकृत भई बनेको नेकपा हुँदा समेत नगरप्रमुख मिश्र जिल्लाको सहइन्चार्जको रुपमा हुनुहुन्थ्यो । पार्टीभित्र चरम गुटवन्दी तथा समानान्तर गतिविधि गरेका कारण माधव समूहसँग असहमति जनाउँदै उहाँले ओली पक्षमा खुल्ने निर्णय गर्नुभएको हो ।


प्रकाशित | २६ चैत्र २०७७, बिहीबार ११:५३