रहानेको शतक, राजस्थानद्वारा दिल्लीलाई १९२ रनको लक्ष्य

एजेन्सी : भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई जितका लागि १९२ रनको लक्ष्य दिएको छ । घरेलु मैदान जयपुरस्थित सवाई मानसिंह स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनायो ।

राजस्थानका लागि अजिंका रहानेले १०५ रनको शतकीय इनिङ्स खेले । अविजित रहेका रहानेले ६३ बलमा ११ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान स्टिभ स्मिथले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा स्टुवार्ड बिनीले १९ रन बनाए । दिल्लीका कागीसो राबडाले २ विकेट लिए । यस्तै इशान शर्मा,क्रिस मोरिस र अक्षर पटेलले १र१ विकेट लिए ।

आज दिल्ली सातौं जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको छ । तेस्रो स्थानको दिल्लीको १० खेलबाट १२ अंक रहेको छ । दिल्ली घरेलु टोलीलाई हराएर शीर्ष स्थानको चेन्नई सुपर किङ्ससंगको अंक बराबरी गर्न चाहन्छ । चेन्नईको १४ अंक रहेको छ । घरेलु मैदानमा राजस्थान चौंथो जितको खोजीमा हुनेछ । अघिल्ला ९ खेलमा ३ जित निकालेको राजस्थान ६ अंक जोडेर सातौं स्थानमा छ ।


प्रकाशित | ९ बैशाख २०७६, सोमबार २२:२२