सबै नेता उस्तै हुन् भन्दा मलाई पोल्छः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव समूह)का अध्यक्ष माधव कुमार नेपालले केपी ओली र माधव नेपाल उस्तै–उस्तै हुन् भन्दा आफूलाई पोल्ने बताउनु भएको छ ।

बुधबार बिहान सम्पादकहरुसँगको छलफलमा नेपालले यस्तो भन्नु भएका हो ।

आफूले गल्ती गरेको भए स्वीकार्न तयार रहेको बताउँदै नेपालले नगरेको गल्तीको भारी बोक्न मन नलाग्ने उल्लेख गर्नु भयो ।

सबै नेता उस्तै हुन् भनेर नकारात्मक भ्रम फैलाइएको बताउँदै उहाँले समाजमा राम्रा मान्छेहरु पनि रहेको बताउनु भयो ।


प्रकाशित | ७ माघ २०७७, बुधबार ११:५२