प्रचण्डले आरोपपत्र फिर्ता लिए पार्टी एकता अझै सम्भव छ : विष्णु पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ठ पार्टी (नेकपा ) का महासचिव विष्णु पौडेलले पुप्पकमल दाहाल (प्रचण्ड ) ले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लगाएको आरोप फीर्ता लिए पार्टी एकता अझै सम्भव रहेको बताउनुभएको छ ।

संसद विघटन हुनु र पार्टी विभाजन हुनुमा प्रचण्ड मुख्य जिम्मेवार रहेको बताउँदै अर्थमन्त्री समेत रहनु भएको पौडेलले प्रचण्डले अध्यक्ष ओलीमाथि लगाइएको अनावश्यक आरोपपत्र फीर्ता लिएर गल्ती स्वीकारेको खण्डमा पार्टी एकता अझै सम्भव रहेको बताउनभएको हो ।

नेपाल कम्युनिष्ठ पार्टी बागमती प्रदेश सम्पर्क कमिटिले राजधानीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै पौडेलेले प्रचण्ड र माधव नेपालको नेतृत्वमा प्रधानमन्त्री ओलीलाई हटाउन अविश्वासको प्रस्ताव दर्ता गर्ने र पद तथा प्रतिष्ठा र शक्तीमा रहीरहन जे पनि गर्ने कार्यशैलीका कारण ससद विधटन गर्नुपर्ने अवस्था आएको जिकिर गर्नुभयो ।

महासचिव पौडेलले अन्तिम प्रयास गर्दा पनि प्रचण्डले अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णयामा पछि नहटेको कारण संसद विघटन गर्नुपरेको स्मरण गर्नुहुँदै पार्टी एकताको लागि अझै बाटो खुला रहेको बताउनुभयो ।

सरकारले घोषणा गरेको निर्वाचनमा पार्टीलाई एकजुट बनाएर सहभागि हुनुपर्ने खाँचो औल्याउँदै पौडेलले अब ताजा जनादेशको लागि निर्वाचनको विकल्प नभएको बताउनुभयो । प्रधानमन्त्री ओलीले देश र जनतालाई केन्द्र्रमा राखेर गर्नुभएको निर्णय कानुनी र राजनैतिक दुवै हिसावले संवैधानीक र सही रहेको भन्दै संसद पुनस्थार्पना हुन्छ कि भन्ने भ्रममा नपर्न सबैमा आग्रह गर्नुभएको छ ।

‘सम्मानीत सर्वोच्च अदालले समेत सरकारको विपक्षमा फैसला गर्नेछैन भन्ने हामी आशा र विश्वास ब्यक्त गर्न चाहान्छौ’, महासचिव पौडेलले भन्नुभयो, ‘किनकी यो निर्णय देश र जनताको पक्षमा छ । संविधानसम्मत छ ।’


प्रकाशित | १८ पुष २०७७, शनिबार २१:२४