नेकपाको रामेछाप सम्पर्क कमिटिमा टेक बहादुर श्रेष्ठ, १९९ सदस्यीय आयोजक कमिटि गठन

काठमाडौं : नेपाल कम्युनिष्ठ पाटी (नेकपा ) ओली समूहको रामेछाप काठमाडौं सम्पर्क कमिटि गठन भएको छ । आज कोटेश्वरस्थित गौरीशंकर पार्टी प्यालेसमा आयोजीत एक भेलाले टेक बहादुर श्रेष्ठको संयोजकत्वमा १९९ सदस्यीय सम्पर्क मञ्च आयोजक कमिटि गठन गरिएको हो ।

नेपका स्थायी कमिटि सदस्य तथा वाणिज्य मन्त्री लेखराज भट्टको प्रमुख आतिथ्यतामा १९९ सदस्यीय आयोजक कमिटि गठन गरिएको हो । नेकपा बागमतीका निर्वाचन कमिटि संयोजक थरि प्रसाद कँडेलका अनुसार करिव ५ सय रामेछापबासीको उपस्थितिमा आयोजक कमिटि गठन गरिएको हो ।


प्रकाशित | १८ पुष २०७७, शनिबार १९:४९