आज हुने नेकपाको कार्यकर्ता भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौँ । केपी शर्मा ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौंमा ‘वृहत् कार्यकर्ता’ भेलाको आयोजना गर्ने भएको छ ।
नेकपा काठमाडौं जिल्ला कमिटीले शनिबार दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठान (कमलादी) मा भेला आयोजना गर्न लागेको हो ।
भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
यसअघि पनि पार्टीले बालुवाटारमा र राजधानीको एक ब्यांकेटमा भेला आयोजना गरेको थियो ।


प्रकाशित | १८ पुष २०७७, शनिबार १२:५३