धादिङ बस दुर्घटना : सबै दोलखाली सवार रहेको पुष्टि, दुईको मृत्यु, १० गम्भीर घाइते (अपडेट )

धादिङ : पृथ्वी राजमार्गको नौविसे मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट मनकामना दर्शनका लागि जाँदै गरेको ना ४ ख १४१५ नम्बरको बस ओभरटेक गर्ने क्रममा सडकबाट त्रिशुली नदीमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा दोलखाका हरिवंश केशी र पार्वती बुढाथोकीको मृत्यु भएको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङगेलले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार हरिवंशको घटनास्थलमै र पार्वतीको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका १० जनालाई भने मलेखु अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको छ । काठमाडौंमा बस्ने दोलखालीले बस रिजर्भ गरी मनकामना दर्शनका लागि जाँदै गरेको प्रहरीले जनाएको छ।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार १३:२०