नेकपा, कांग्रेस र जसपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको बैठक मंगलबार बेग्लाबेग्लै समयमा बस्दैछ ।

सत्तारूढ दल नेकपाभित्र अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि केन्द्रीय कार्यसमिति बैठक राख्नु भएको छ ।
ओली पक्षका केन्द्रीय सदस्यलाई बिहान बालुवाटार बोलाइएको थियो ।

प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य दिउँसो १ बजे थापाथलीस्थित कार्की पार्टी प्यालेसमा केन्द्रीय समिति बैठक बस्दैछन्।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उहाँको समूहबाहेक नेकपाभित्रैबाट पनि विरोध भइरहेको छ । विरोध बढ्दै गएकोले यी दल विभाजनको संघारमा पुगेको बताइन्छ ।


प्रकाशित | ७ पुष २०७७, मंगलवार ०९:३०