प्रतिनिधिसभा विघटन बाध्यात्मक परिस्थितीले सिर्जना भएको होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन मेरो रुची र छनौटका विषय नभए पनि बाध्यात्मक अवस्था सिर्जना भएको बताउनु भएको छ ।

देशवासीका नाममा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदलाई केही नेताको स्वार्थको बन्धक बताएकाले बाध्य भएर सार्वभौम जनतासँग जानुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्रीले सत्तापक्षकै नेताहरु प्रतिपक्षीभन्दा आक्रामक भएको बताउँदै अब हुने चुनावमार्फत लोकप्रियता र क्षमताको मापन गर्न चुनौती दिनुभयो । उहाँले बहुमतप्राप्त सर्वसम्मत नेतालाई काम गर्न नदिएको र जस्केलाबाट प्रधानमन्त्री हुन खोजेकाले अलोकप्रिय निर्णयमा पुग्नुपरेको बताउनुभयो ।
जननिर्वाचित सरकारले काम गर्न पाउँदैन भने उसले पुनरावेदन गर्न जाने ठाउँ आम जनता नै भएको प्रधानमन्त्रीको भनाइ छ ।


प्रकाशित | ६ पुष २०७७, सोमबार १५:५८