विप्लव समूहका मकवानपुर इञ्चार्ज ‘ज्वाला’ पक्राउ

हेटौंडा : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज वीरबहादुर घलान ज्वाला पक्राउ पर्नुभएको छ । ज्वालासँगै अर्का एकजना पनि पक्राउ परेको मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिनुभयो । सिंहका अनुसार बिहीबार राति ज्वालालाई हेटौंडा उपमहानगरपालिका ८ फायरलाइनबाट पक्राउ गरिएको हो।


प्रकाशित | २९ चैत्र २०७५, शुक्रबार १२:५८