सरकारको अबको सम्पूर्ण ध्यान निर्वाचन गराउनमा केन्द्रीत : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सम्पूर्ण ध्यान अब निर्वाचन गराउनमा केन्द्रीत हुने बताउनुभएको छ । लोकतन्त्र चाहानेले निर्वाचनको विरोध नगर्ने बताउँदै प्रधानमन्त्री ओलीले ढुक्क भएर निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभएको छ ।

निर्वाचन आयोगका आयुक्तहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले सरकार अब निर्वाचन गराउनेमा केन्द्रीत भएको भन्दै आयोगलाई कुनै शंका नगरि निर्वाचनमा केन्द्रीत हुन निर्देशन दिनुभएको हो ।

भेटमा निर्वाचन आयोगका पदाधिकारीले एकै चरणमा निर्वाचन गराउन सरकारलाई सुझाव दिएका छन् । ‘२७ गते एकै चरणमा निर्वाचन गराउन सकिन्छ त्यसो भए खर्च कम लाग्छ भनेर हामीले भनेका छौँ’, ती आयुक्तले भने ।

प्रधानमन्त्री ओली यो विषयमा सकरात्मक बनेको बताइएको छ । सरकारले आजै मात्र संसद विघटन गर्दै आगामी बैंशाखमा निर्वाचनको मिती घोषणा गरेको थियो ।


प्रकाशित | ५ पुष २०७७, आईतवार २०:४६