उच्च अदालतद्धारा रेशमलाल चौधरी र लक्ष्मण थारूको जन्मकैद सदर !

काठमाडौँ । उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ ।
उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको हो ।

अदालतले लक्ष्मण थारूलाई पनि जन्मकैदको सजाय सुनाएको छ। यसअघि घटनाका अर्का दोषी थारूलाई भने जिल्ला अदालत कैलालीले धरौटीमा छाडेको थियो ।

एक प्रहरी वरिष्ठ उपरीक्षक तथा सात प्रहरी र एक नाबालकको ज्यान जाने गरी विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरूहटको माग गर्दै निकालिएको जुलुसमा भएको घटनामा दोषी ठहर गर्दै उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीकै निर्णय सदर गरेको हो ।


प्रकाशित | ३ पुष २०७७, शुक्रबार ०८:४८