बिग ब्यास लिगमा हुरिकेन्सको पहिलो हार

एजेन्सी । बिग ब्यास लिगमा होबर्ट हुरिकेन्सले पहिलो हार बेहोरेको छ । नेपाली लेगस्पिनर सन्दीप लामिछाने आबद्ध हुरिकेन्सले पहिलो हार बेहोरेको हो ।

हुरिकेन्सलाई मंगलबार भएको खेलमा एडिलेट स्ट्राइकर्सले ५ विकेटले पराजित गर्यो । हुरिकेन्सले यसअघि भएका सुरुवाती दुवै खेलमा जित निकालेको थियो ।होबर्टले दिएको १४७ रनको लक्ष्य एडिलेटले १८.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा ग¥यो ।

नेपालका स्पिनर सन्दीप भने बिग ब्यासका लागि अस्ट्रेलिया प्रस्थान गरिसक्नु भएको छ । अब उहाँ १४ दिनको क्वारेन्टिनमा बसेपछि मात्र हुरिकेन्सको टिममा सामेल हुन पाउनु हुनेछ ।


प्रकाशित | १ पुष २०७७, बुधबार ०८:३७