मेरो नेपाली रैथाने खाना यात्रा र ‘पर्यटन वर्ष २०२०’ सँगै खाना पर्यटन

सेफ प्रेमलाल तामाङ (घिसिङ) –नेपाली खानाको अभियान्ता

नेपाल चार जात छत्तिस् वर्णको फूल बारीले सजाएको संसारकै सुन्दर देश हो । भौगोलिक परिवेशमा हेर्ने हो भने पनि हिमाल, पहाड र तराई गरि ३ भागमा बाँडिएको छ । यी हरेक ठाँउ र समुदायको आफ्नै मौलिक संस्कार र परिबेश छन् । म पनि यस्तै समुदाय र परिवेशमा हुर्केको एक जना नेपाली हुँ र खानाको पाराखी पनि । खानाकै पाराखी भएरै होला आज म एउटा खाना पकाउने व्यक्ति भान्से अर्थात पाक शास्त्री बनेको छु । मेरो जिवनको यात्रालाई अगाडि बढाउने क्रममा मैले भान्सेको रुपमा काम गर्न थालेको पनि लगभग दश वर्ष भए छ । दश वर्षको दौरानमा मैले धेरै देशको खानाको परिकार पकाउन सिके र सिकाए पनि । तर विडम्बना मैले मेरो गाउँमा म बाँच्नको लागि जुन खाना खाको थिए, त्यो खाना मैले कतै कसैले पनि पकाएको पाएन । त्यसैले मैले जिवनलाई यात्रा सम्झेर अब मेरो देशमा पाईने खानाहरुको खोज गरेर यसलाई संकलन गर्ने बाचाका साथ मैले १०८ दिने यहि असोज १३ गतेबाट नेप्लिज इथ्निक फुड टुर सुरु गरे । किनकी मेरा ति खानाहरु स्वस्थ थिए । त्यसैले त मेरो देश बहादुरको देशको रुपमा चिनिन सके । मेरो पूर्खाहरु वैज्ञानिक हुन म त मात्र खोजकर्ता हुँ । मेरो पूर्खाले जोगाइ राखेको सम्पतीलाई जोगाउनु हाम्रो पनि दयित्व हो । मेरो हजुर आमाले बनाउनु भएको गुन्द्रुक र सिन्की आज कता कता हराउन थालेको छ । राई हजुर आमाले बनाउनु भएको किनीमा अनि भोटे हजुर आमाले बनाउनु भएको भ्रामा र जाँड आज भोलि पाउन गाह्रो छ । एक पाउको जिब्रोको स्वादको लागि ६० केजीको शरिरको कुनै ख्याल गरेन । त्यसैले हामीले हाम्रो मौलिक खानालाई जोगाउनु अवश्यकता छ । यति धेरै हाम्रा मौलिक खानाका परिकारहरु हुँदाहुदै पनि हामीले आफनोपनको खानालाई बिर्सिदै बिदेशिखानापानको लत बसेको छ । हाम्रा खानाहरु बिदेशि खाना भन्दा पनि सफा, स्वच्छ र स्वस्थ छन् । पैसा हराए कमाउन सकिन्छ तर संस्कृति र संस्कार हराए तपाई हराउन सकिन्छ । त्यसैले यि मौलिक खानाहरुलाई जोगाउनका लागि र यसको संरक्षण गर्नको लागि मैले यो खाना यात्रा शुरु गरेको हँु । हाम्राखानाहरु प्नि विश्व बजारमा जान सक्छन । यो खाना यात्राले मुलुकमा खाना सम्बन्धी नयाँ मोड लिने छ । पर्यटन वर्ष २०२० लाई नेपाली खाना वर्षको रुपमा मनाउदै, पर्यटन वर्ष २०२० आउने विश्वका पर्यटक पाहुनाहरुलाई नेपाली मौलिक खाना खुवाउनको लागि पनि यो मेरो खाना यात्रा हो । हरेक पर्यटन बस्तीमा गएर नेपाली मौलिक खानाको ब्यबस्थापन, पाककला, सरसफाई र पहुना सत्कारको बारेमा जानकारी र जनाचेतना फैलाउदै छु ।

मैले मेरो यात्रा शु्रु असोजकोे १३ गते झापाको मेचे नगरपालिका १२ माइलाबारि धिमाल बस्तीबाट शुरु गरेको हुँ । झापा,मोरङ,सुन्सरी भेगमाकिसान, ग्वाला ,मेचे, राजबंशि, धिमाल र ताजपुरियाको खानापिनको अध्ययान पश्चात हामी पाँचथर, इलाम,धनकुटा, ताप्लेजुङमालिम्बु,खोटाङ,भोजपुर,तेह्राथुम,सुनसरीमा राई खानाउदयपुर, ओखलढुंगामा सुनवार, सोलुखुम्बुमा शेर्पा, रामेछापमा माझि बस्तीहुदै नेपालको स्वीजरल्याण्ड भनेर चिनिने दोलखाको जिरीमा पवेश ग¥यो । पहिले गाडिको चलन नहुदा र पहिले सगरमाथा चढ्ने एड्मण हिलारी र तेन्जीङनोर्गे शेर्पा यहि बाटो भएर सगरमाथाअधार शिविर तिर बढेको इतिहास रहेछ ।

दोलखामा हामीले जिरेल,सरेल र थामी समुदायको खानपिनको बारेमा अध्ययन गरियो । त्यसैगरि सिन्धुपाल्चोकमा ह्योल्मो खानाको अध्ययन संगै हामीविभिन्न समुदायको खाना खोज्ने क्रममा काभ्रे, सिन्धुली, धादिङ, नुवाकोट, मकवानपुर, रसुवा, गोरखा, तनहु, कास्की, पर्बत, बाग्लुङ,म्याग्दी, स्याङ्जा, मुस्ताङ, डोल्पा, रुकुम,रोल्पा,प्युठान,दाङ,सल्यान,सुर्खेत,दैलेख,कालिकोट,जुम्लाहुदै अहिले हामी २ नम्वार प्रदेशको सिरहा, धनुषा र बारा जिल्लामापुगेका छौ । आजहामी ८०औ दिनमा छौं ।

पहुनालाई स्वागत गर्ने नेपालीहरुको संस्कारले म र मेरो टिम प्रफुल्लाभयो । जिर यात्राको क्रम्माहामीले नेपालीले इज्जतका साथलिने पियापदार्थ र खानाको अध्ययानगर्ने मौकापांयौ । नेपालीहरुको खानपिन संगै नेपालीहरुको सत्कार हामीले हाम्रो होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरुलाई कुनै पनिकिताबको कोर्षबाट दिन सक्दैनौ । मलाई त यस्तो लाग्यो हाम्रा विद्यार्थीलाई हस्पीटलिटीको शिक्षा लिनलाई नेपालको गाउँघरका कुनाकान्दारामा पहुना बनाएर पठाइ दिऊ । सत्कार के हो सिकुन उनीहरुले । नेपालको कुनाकान्दारामापुगेर हामीले नेपालीहरुको पुख्र्याैली खानपानको बारेमा अध्यायन गर्ने मौका मिल्यो । नेपालमा जति पनि चाडपर्वहरु छन र मेलाहरु लाग्छन त्याति नै खानपिनका परिकारहरु पनि छन् । हामीले नेपाली खानपिनलाई मात्र बेच्न सक्यो भने हरेक नेपाली सम्पन्न हुन सक्छ ।

यहाँ उत्पादन भएका सफा र स्वच्छ खानपिनले विश्वकापर्यटकलाई अकर्षक बनाउन सकिन्छ । ब्राजिलको कार्निभालमा हरेक वर्ष ५ दिने मेला लाग्छ । त्यो मेला हेर्नका लागि विश्वबाट एक लाखभन्दा बढि पर्यटकहरु आउने गर्छन । त्यस्तै ताइवानको फेस्टिवल, चाइनाको आइस फेस्टिवललाई हेर्ने हो भने नेपालमा यस्को सम्भवन धेरै राम्रो छ । हामीले हामीसंग भएको अमृतलाई पनि बेच्न सकिएको छैन । अझै हामी नेपाली सुनको थालबोकेर अरु संग भिगमाग्दै छन् ।

\अफ्नै मिठो बास्ना थाहा नभएको मृग जस्तै छौं हामी नेपाली । प्रकृतिक सुन्दरता सँगै खानापनिप्रमुखमध्यामहो पर्यटनको लागि । हाम्रो रैथाने खानाको स्वादले हरेक ठाउँमा आफ्नो स्वादअनुसारको पर्यटक अकर्षित हुन सक्छ । हाम्रो हरेक ठाउँ अफ्नै परिबेशको खानाले परिचित छन् । जस्तै ताप्लेजुङ र धन्कुटातोङ्वा र सुकुटि, दोलखाको आलु, सोलुको छयुर्पि , सिन्धुपाल्चोकको कफि,चैनपुरको कुराउनी र सक्खर,इलामको चिया, पाँच्थारको बदाम, धरानको कालो बंगुरको सेकुवा,सप्तरिको पेडा, लहानको आँप,पाल्पाको केरा र बटुक, दाङको ढिक्रि,बरिया र बधिया भाले, कर्णलाीको माछा र डुक्पा, जुम्लाको मार्सि चामल र स्याउ,मुस्ताङको मार्फ र स्याउ । यसरी नै हरेक ठाउँमा आफ्नै प्रकारकाखानपिन छन् । जस्लाई हामीले प्रबर्दान गर्न सक्यो भने हामी सबै अआफ्नो ठाउँबाट सफल हुन सकिन्छ । हाम्रो नेपालका यि पर्दाथहरु रेड लेबल र भोट्का भन्दा कम छैन । अरु देशको खाना भन्दा हाम्रो देशको खाना अर्गानिक र स्वस्थ छन् । तर हामी नेपालीहरुले कहिले पनिहाम्रो कोर्षमा राख्न सकेन र कुनै प्रविधिकशिक्षामा राख्न सकेन । प्राय होटलहरुले पनि राम्रोसँग हाम्रो नेपाली खानाको मेनु राख्न सकेको छैन । नेपाली खाना वैज्ञानिक र संस्कृतिक हिसाबले अत्यन्तै महत्वपूर्ण छ । जस्ले मान्छेको शरिरलाई स्वस्थ बनाउछ ।

 


प्रकाशित | १० पुष २०७६, बिहीबार ०९:३३