साहियकार टहल आचार्यको मन छुने गजल

सिर्जनाको मुल फुटाई लिखु रोशी गजलमा ,
बगाउने रहर मेरो तामाकोसी गजलमा ।

घाम छाँया हाँसो आँसु जीवनको यथार्थता ,
तितामिठा पलहरु पालीपोसी गजलमा ।

कपट र अन्धकार कालो पर्दा हटाउन ,
भ्याएसम्म जागरणको राँको ठोसी गजलमा ।

उर्वर ती भावनाले केलाउँदै शब्दअक्षर ,
कसो कसो आँफै भई मदहोसी गजलमा ।

जहिले पनि पढ्नै पर्ने पल्टाएर पानहरु ,
हजुरको भोग प्यास निन्द्रा खोसी गजलमा ।

कालिन्चोक-८ सुनखानी, दोलखा


प्रकाशित | २० मंसिर २०७७, शनिबार ०६:२५