प्रधानमन्त्री ओलीले कसैले तर्साएकै भरमा राजीनामा दिनु हुँदैन : नारायणमान बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छे ( रोहित) ले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले तर्साएकै भरमा राजीनामा दिए सिद्धान्ततः गलत हुने बताउनुएको छ । देशको मुख्य व्यक्ति भएपछि अडानमा बस्न सक्नुपर्ने बताउँदै अध्यक्ष बिजुक्छेँले यदी तर्साएकै भरमा राजीनामा दिए असफल शावित हुने बताउनुभयो ।

सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै बिजुक्छेले प्रचण्डसँग हिम्मत भए अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री ओलीलाई हटाउन सक्नुपर्ने पनि बताउनुभयो ।

नेकपाले पार्टीभित्र र संसद्को प्रक्रियाबाट समाधान निकाल्नुपर्नेमा जोड दिर्दै बिजुक्छेले भन्नुभयो, ‘यतिबेला महत्वपूर्ण कुरा देश जोगिन्छ कि जोगिँदैन भन्ने हो। यिनीहरूको झगडा संसार हँसाउने खालको छ। झगडा घरभित्रै गरेको भए हुन्थ्यो नि !’

नेकपाको झगडाको कारण सैद्धान्तिक नभई आर्थिक भएको बताउँदै केही ठेक्का र पदको लेनदेन मिलेमा फेरि चुप हुने पनि बताउनुभयो ।

कोरोनाको कहरमा झगडा गरी बस्नेहरूलाई लाज लाग्नुपर्नेमा त्यस्तो नभएको बताउँदै भन्नुभयो, ‘सत्तामा बस्ने लुरेलारे हुनुहुन्न। प्रधानमन्त्री लुरेलारे हुनुभएन् ।’


प्रकाशित | ६ मंसिर २०७७, शनिबार १८:१४