गोरखा समाज यूकेद्धारा जीतकुमारीको उपचारमा ४ लाख ५९ हजार सहयोग

काठमाडौं : आर्थिक अवस्था अत्यन्तै कमजोरी भएकी गोरखा सिरानचोक गाउँपालिका वडा नम्बर २ थाल्जुङ, ओखरेनी सिम्लेकी जीतकुमारी गुरुङको उपचारमा बेलायतबाट सहयोग प्राप्त भएको छ । गोरखाली समाज यूकेले जीतकुमारीको उपचारमा ४ लाख ५९ हजार ८ सय रुपैयाँ सहयोग गरेको हो ।

गोरखा समाज यूकेले पठाएको सो रकम गोरखा समाज केन्द्र काठमाडौंका अध्यक्ष महेश गुरुङमार्फत जीतकुमारीलाई हस्तान्तरण गरिएको हो । बेलायतमा गोरखा समाज यूकेका उपाध्यक्ष हेम गुरुङको संयोजनमा सो सहयोग संकलन गरिएको थियो ।

Image may contain: 2 people, people sitting

उपाध्यक्ष हेम गुरुङले सहयोग अभियान सञ्चालन गर्दै छोटो समयमा सो रकम संकलन गर्न सफल हुनुभएको थियो । सहयोग अभियानका संयोजक गुरुङले बेलायतबाट संकलन गरी पठाएको सहयोगले जीतकुमारीको उपचारमा सहयोग पुुग्ने विश्वास ब्यक्त गर्दै सहयोगी सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।


प्रकाशित | १४ आश्विन २०७७, बुधबार १६:२५