भोलिदेखि लामो दूरीको साझा बस सञ्चालन हुने

काठमाडौं : साझा यातायातले भोलिदेखि लामो दूरीका बस चलाउने भएको छ । चैत ११ गतेदेखि बन्द लामो दुरीका बस भोलिदेखि सञ्चालन गर्न लागिएको साझाले जानकारी दिएको हो ।

साझाका अनुसार भोलिदेखि काठमाडौं–बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा बस चल्नेछन् । साझाका यी रुटमा जम्मा ४ वटा बस चल्नेछन ।

सरकारले लामो दुरीको यातायात खुल्ला गरेसँगै बन्द साझाका बस चलाउन लागिएको साझाले जनाएको छ । यसबाट यी गन्तव्यका यात्रुलाई सहज हुने साझाको विश्वास छ ।

यद्यपि बस भाडा भने नियमितभन्दा ५० प्रतिशत बढी हुने साझाले प्रष्ट पारेको छ । साझाले काठमाडौं उपत्यकासहित काठमाडौं–बाग्लुङ र काठमाडौं–सुनौलीसम्म समेत बस चलाउँदै आएको छ ।


प्रकाशित | ६ आश्विन २०७७, मंगलवार १५:२२