काठमाडौं उपत्यकामा थपिए ६७६ कोरोना संक्रमित

काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको छ । लकडाउन खुकुलो भएसँगै संक्रमण दर बढेको हो । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५५५ , ललितपुरमा ३५ र भक्तपुरमा ८६ जना कोरोना संक्रमीत थपिएका हुन । योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार ९ सय २४ पुगेको छ।

काठमाडौंमा १० हजार ५ सय ८३ ललितपुरमा १ हजार २ सय २६ र भक्तपुरमा १ हजार १ सय १५ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ५९ नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ। २४ घण्टा १ हजार ६२ जना डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ४० हजार ६ सय ३० जना पुगेको छ।


प्रकाशित | ३० भाद्र २०७७, मंगलवार १६:५३