नेपाली नागरिकताको निरन्तरताको मुद्धा कार्यान्वयनमा दबाब आवश्यक : सुनील साह

न्यूयोर्क : गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष सुनील साहले नेपाली नागरिकताको निरन्तरतालाई कार्यन्वयनमा लैजान दबाब आवश्यक रहेको भन्दै सरोकारवालाको ध्यानर्कषण गराउनुभएको छ । अध्यक्ष साहले एक बिज्ञप्ति जारी गर्नुहुँदै नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था समितिवाट पारित भई प्रतिनिधि सभाको पूर्ण वैठकमा पेश हुन प्रतिरक्षारत रहेको अवस्थामा दबाब दिन आवश्यक रहेको विचार ब्यक्त गर्नुभएको हो ।

अध्यक्ष साहले भन्नुभएको छ, ‘हाल प्रतिनिधि सभाको वैठक स्थगित गरिएको अवस्था छ । प्रतिनिधि सभाको वैठक डाकिनु अघि यो बेला अझ हामीले कानुनवाटै नेपाली नागरिकताको निरन्तरतालाई कार्यन्वयनमा लैजान आवश्यक कार्यहरु गर्नु पर्ने आवश्यकता रहेको छ । खासगरी हामी राष्ट्रिय समन्वय परिषद्, अमेरिका सदैव अमेरिकाबासी गैर आवासीय नेपालीले मुख्य चासोको रुपमा लिदैं आएको नेपाली नागरिकताको निरन्तरताको पक्षमा विगतदेखिनै उभिदैं आएको सबैमा जानकारी नै रहेको छ । यसको पक्षमा आज पनि राष्ट्रिय समन्वय परिषद्, अमेरिका रहेको यहाँहरु समक्ष पुनः स्मरण गराउन चाहन्छौं ।’

‘नेपाली नागरिकताको निरन्तरता लगायतका मुद्दामा अझै प्रभावकारी रुपमा कार्य गर्नका लागि सक्रियतापूर्वक लाग्न गैर आवासीय नेपालीहरुले गैर आवासीय नेपाली संघलाई रचनात्मक सहयोग र आवश्यक पर्दा दवाव समेत दिदैं आउनुभएको छ’, अध्यक्ष साहले थप्दै भन्नुभएको छ, ‘यसले संघलाई अझ प्रभावकारी ढंगवाट अघि बढ्न सहयोग पुगेको छ । एनआरएनए अमेरिका सदैव नेपाली समुदायको चाहनालाई सम्मान व्यक्त गर्दछ, ती मुद्दाहरुलाई सम्बन्धित तहमा पुर्‍याउन र आफ्नो तर्फवाट गर्नु पर्ने कार्य गर्न सदैव सक्रिय रहेको पनि यहाँहरुमा अवगत नै छ ।’

एनआरएन अमेरिकाले विभिन्न फोरमहरुमा नेपाली नागरिकताको निरन्तरताको विषयलाई महत्वका साथै उठाउंदै आएको अध्यक्ष साहले बताउनुभयो । एनआरएनए अमेरिका आवश्यक परेको खण्डमा यो अभियानलाई नेतृत्वदायी भूमिका दिएर अघि बढ्न तयार रहेको समेत अध्यक्ष साहले बताउनुभएको छ ।

त्यस्तै, ‘नेपाली नागरिकता निरन्तरताको विषय एनआरएनए अभियानको सुरुवाती चरणदेखिनैं एउटा महत्वपूर्ण एजेण्डाको रुपमा रहेकोमा यस पटक अमेरिका क्षेत्रबाट संघको अन्तराष्ट्रिय समन्वय परिषद्को पदाधिकारी समितिमा दुई जना उपाध्यक्ष, सचिव लगायत करिव तीन दर्जन भन्दा बढी आईसीसीसँग आवद्ध हुनुहुन्छ । आईसीसीमा प्रतिनिधित्व गर्ने उपाध्यक्षद्धय र सचिव ज्यू लगायत सवैलाई नेपाली समुदायको यो चाहना अनुसार नागरिकताको निरन्तरता लगायतका मुद्दालाई विशेष महत्व दिएर एक भई सम्वन्धित निकायमा अझ प्रभावकारी रुपमा विषय राख्नका लागि हामी राष्ट्रिय समन्वय परिषद्, अमेरिका हार्दिक आग्रह गर्न चाहन्छौं’ , अध्यक्ष साहले भन्नुभएको छ ।


प्रकाशित | २९ श्रावण २०७७, बिहीबार ०७:५३