ललिता निवासको जग्गा विवादमा जोसुकै मुछिएको होस, कारबाही हुन्छ : मन्त्री बास्कोटा

काठमाडौं: सरकारका प्रवक्ता एवं सञ्चार, सुचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ललिता निवास जग्गा प्रकरणमा जोसुकै मुछिए पनि कारवाही हुने बताउनुभएको छ । सिंहदरबारस्थित सञ्चारमन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले बालुवाटारको जग्गा किनबेच नभएको र भए पद र हैसियतले छानबिन प्रभावित नहुने समेत बताउनुभएको छ ।

ललिता निवासको जग्गा विवादमा जोसुकै मुछिएको होस् कारबाही हुन्छ’, मन्त्री बाँस्कोटाले भन्नुभयो । जग्गा रोक्का गरिसकिएको बताउँदै मन्त्री बास्कोटाले भन्नुभयो, ‘जग्गा रोक्का गरिसकिएको छ, सरकारी सम्पत्तिको रक्षा हुन्छ यसमा कुनै पद, ओहोदा वा हैसियतले छानविन प्रक्रिया प्रभावित हुँदैन ।’


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार १८:५६