काठमाडौं उपत्यकामा ४२९ सहित नेपालमा थप १२ सय २१ जनामा कोरोना संक्रमण

काठमाडौं – नेपालमा थप १२ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३८ हजार ५६१ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २६७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २० हजार ८२२ उपचारपछि निको भएका छन्।

त्यस्तै, उपत्यकामा थप ४२९ जनामा कोरोना संक्रमण देखिएको छ । आइबार काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ संक्रमित थपिएका हुन ।

त्यस्तै, थप १४ जनाको कोरोनाको कारण निधन भएको छ । यो सहित कोरोनाको कारण निधन हुनेको संख्या २२१ पुगेका प्रवक्ता डा गौतमले जानकारी गराउनुभयो ।


प्रकाशित | १४ भाद्र २०७७, आईतवार १६:३२