नेपालमा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेपालमा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ४१८ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा सक्रमितको संख्या २० हजार ७ सय ५०  पुगेको छ ।

यस्तै पछिल्लाे २४ घण्टामा तीन सय ५८ जना निको भएर घर फर्किएसँगै निको हुनेको सङ्ख्या १४ हजार नौ सय ६१ पुगेको छ ।

अहिले पाँच हजार सात सय ३२ जना आइसोलेसनमा रहेका छन् । १० हजार चार सय ५२ जना क्वरेण्टीनमा रहेका छन् ।


प्रकाशित | १९ श्रावण २०७७, सोमबार १६:३७