आज पहिलो साउने सोमबार, शिव मन्दिरहरुमा भक्तजनको घुँइचो, पशुपति खुलेन

काठमाडौं : आज साउन महिनाको पहिलो सोमबार । आज देशभर शिव भक्तहरुले भगवान शिवको पुजा आरधना गरिदैंछ। यस बर्ष साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर भने दर्शनार्थीका लागि नखुल्ने भएको छ । साउन ७ गतेसम्म लकडाउन कायम रहेकाले मन्दिर नखुल्ने भएको हो ।

सरकारले तत्काल पशुपतिनाथ मन्दिर सर्वसाधरणको लागि खुला गर्ने निर्णय नगरेकाले पहिलो सोमबार मन्दिर खुला नगरिने पशुपति क्षेत्र बिकास कोषले जनाएको छ ।

लकडाउन खुकुलो भएसँगै बिस्तारै अन्य क्षेत्रहरु सामान्य अवस्थामा फर्किँदैछन् । तर, भिडभाड बढी हुने मठमन्दिर लगायतका क्षेत्र भने खुलेका छैनन् । मन्दिर खुला गर्ने, नगर्ने भन्ने सरकारको निर्णय कुरेर बसेको कोषका प्रशासकिय अधिकृत गौरीशंकर पराजुलीले बताउनुभयो ।

हाल मन्दिरमा नित्य पुजा मात्र भइरहेको छ । हरेक बर्ष साउनको प्रत्येक सोमबार पशुपिनाथमा विशेष भिडभाड हुने गर्थ्यो । भारत तथा नेपालको विभिन्न जिल्लाबाट पशुपतिमा बोलबम आउने गर्छन् । तर, यस बर्ष बोलबम यात्रा पनि नहुने भएको छ ।

देशका अन्य शिव मन्दीरहरुमा भने भक्तजनहरु पुगेका छन् । अधिकांशले घरमै भगवान शिवको पुजा आरधना गर्दै छन् ।


प्रकाशित | ५ श्रावण २०७७, सोमबार ०८:४४