काठमाडौं : सरकारको निर्णयअनुसार भोलीदेखि सवारी साधन सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । यातायात व्यवस्था विभागमा आज भएको छलफलमा व्यवसायी भोलिदेखि यातायात सञ्चालन गर्न सहमत भएका हुन ।
विभागका महानिर्देशक गोगनबहादुर हमालले कोरोना संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न आग्रह गर्नुभयो ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीले उठाउँदै आएका माग मौद्रिक नीतिमार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो ।
अहिले जिल्ला भित्र मात्रै यातायात सञ्चालन हुनेछन् ।सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोलीबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् ।
अहिले पनि साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पुहरु सञ्चालनमा रहेका छन् । व्यवसायीहरुले लामो दूरीको सवारी सञ्चालनका लागि समेत तयार रहेको जनाएका छन् ।
प्रकाशित | ४ श्रावण २०७७, आईतवार १३:२९