‘विदेशमा रहेका प्रत्येक गैरआवासीय नेपाली नेपालको समृद्धिमा एउटा इँटा थप्न चाहान्छन्’

काठमाडौं : निजी क्षेत्रले सरकारद्वारा आयोजित नेपाल लगानी सम्मेलन २०१९ सफल बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ । नेपालमा वैदेशिक लगानी भित्र्या उने लक्ष्यका साथ आयोजना गरिएको सम्मेलनमा सरकारलाई पूर्ण रूपमा साथ दिँदै स्वदेशी निजी क्षेत्रले अपेक्षा गरिएभन्दा पनि बढी योगदान पुरयाएको सरकारी अधिकारीहरूले नै स्वीकारेका छन् ।

सम्मेलन आयोजना गरिरहँदा देशभित्रकै लगानीकर्तालाई सरकारले उपेक्षा गरेको तिक्ततालाई समेत बिर्सेर नेपाली लगानीकर्ताले उल्लेख्य रूपमा वैदेशिक लगानी प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन् । यस पटकको लगानी सम्मेलनमा देशको विकासको एजेण्डामा निजी क्षेत्रले सरकारलाई पूर्णतः साथ दिन तयार छ भन्ने सन्देश पनि दिएको छ । सम्मेलनको अवसरमा आर्थिक सुधारका मामिलामा सरकारस“गका बिमतिहरूलाई थाँती राखेर निजी क्षेत्रले नेपालमा वैदेशिक लगानीकर्ताहरूलाई स्वागत गरेको छ ।

लगानी सम्मेलनमा नेपालको निजी क्षेत्रको अग्रणी संस्था चौधरी ग्रुपले स्वःलगानी र वैदेशिक साझेदारहरूमार्फत गरी नेपालमा करिब १ खर्ब लगानी गर्ने वातावरण तयार गरेको छ । सम्मेलनका क्रममा हस्ताक्षर गरिएका चारवटा परियोजनामार्फत उक्त रकम बराबरको लगानी हुने देखिन्छ । सिजी र सर्राफ ग्रुपबीच मल्टिमोडल लजिस्टिक पार्क निर्माणका लागि १० अर्ब, सिजी र स्काई पावरबीच ६०० मेगावाटको सोलार पावर निर्माणका लागि करिब ५० अर्ब, सिजी र प्रदेश २ सरकारबीच २०० मेगावाट सोलारका लागि करिब १२ अर्ब र सिजी र टकसेलबीच टेलिकम प्रोजेक्टका लागि करिब २५ अर्बको लगानी गर्ने घोषणा गरिएको छ । टेलिकममा सिजीको आफ्नो लगानी हुने र प्रविधि हस्तान्तरणका लागि टकसेलसँग रणनीतिक साझेदारी गरिएको सिजीले स्पष्ट पार्दै आएको छ ।

नबिल, एसबिआई र एभरेष्ट बैंकले ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा ७८ अर्ब ६० करोड लगानी गर्ने घोषणा गरेका छन् । यी बैंक संयुक्त साझेदारीमा निजी क्षेत्रद्वारा प्रवद्र्धित हुन् । नबिल बैंक चौधरी ग्रुपले प्रवद्र्धन गरिरहेको छ । ग्रुपका अध्यक्ष विनोद चौधरीले औपचारिक रूपमा लगानी सम्मेलनमार्फत् वैदेशिक लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्ने मात्रै नभई उनीहरूसँग अनौपचारिक मिटिङमार्फत् नेपाल लगानीका लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको र सोही कारण आफूले आक्रामक रुपमा लगानी विस्तार गरिरहेको भन्दै नेपालमा लगानी गर्न आग्रह गरेका थिए । केही प्रमुख लगानीकर्ताहरूले सिजीको सफलताले नेपालमा आफूहरूलाई आकर्षित गरेको समेत बताएका थिए । फोब्र्समा सूचीकृत अर्बपति चौधरीले आफ्नो व्यावसायिक साम्राज्यलाई विश्वका धेरै मुलुकमा फैलाएका छन् । सोही कारण नेपाल आउन चाहने वैदेशिक लगानीकर्ताले चौधरीको अनुभवलाई गम्भिरतापूर्वक लिने गर्छन् ।

लगानी सम्मेलनमा गैरआवासीय नेपाली संघ ९एनआरएन०ले पनि सरकारलाई निकै ठूलो सहयोग पुयाएको छ । विश्वका जुनसुकै देशमा स्थापित भएका नेपाली भएपनि उनीहरू समृद्ध नेपाल निर्माणमा योगदान पु(याउन लालायित छन् भन्ने पनि यसले देखाएको छ । लगानी सम्मेलनका अवसरमा एनआरएनले १० अर्बको लगानीकोषमार्फत लगानी गर्ने घोषणा गरेको छ । एनआरएनको यस पहललाई सार्वजनिक रुपमा समेत प्रशंसा गरिएको छ । “हाम्रो लक्ष्य नेपालमा लगानी गरेर मुनाफा आर्जन गर्नेमात्रै होइन । प्रविधि हस्तान्तरणमार्फत आफ्नो देशको विकासमा योगदान पु(याउनु पनि मुख्य उद्देश्य हो । विदेशमा रहेका प्रत्येक गैरआवासीय नेपाली नेपालको समृद्धिमा एउटा इँटा थप्न चाहान्छन्,” एनआरएनका अध्यक्ष भवन भट्टले भन्नुभयो, “हामी व्यक्तिगत रुपमा जतिसुकै समृद्ध भएपनि र समृद्ध राष्ट्रका वासिन्दाभएपनि जबसम्म नेपाल समृद्ध हुदैन तबसम्म हामी खुसी हुन सक्दैनौँ ।” कारोबार दैनिक


प्रकाशित | १९ चैत्र २०७५, मंगलवार १७:५५