काठमाडौंमा सातसहित थप ११६ जनामा कोरोना संक्रमण, एकको निधन

काठमाडौ : नेपालमा थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप १ सय १६ जना थपिएका हुन । यो सहित कुल संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार ९० पीसीआर परीक्षण भएको छ । योसँगै २ हजार ९८ हजार ८ सय २९ को परीक्षणा भएको छ । क्वारेन्टाइनमा २४ हजार ५ सय २७ हजार र आइसोलेसनमा छ हजार १ सय १३ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घन्टामा थप ६ सय ९७ जना कोरोना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म ११ हजार २५ जना डिस्चार्ज भएका छन् । यो संख्या संक्रमितमध्ये ६४ दशमलव २ प्रतिशत रहेको प्रवक्ता डा गौतमले जानकारी गराउनुभयो । यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँमा ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तैगरि, थप एकजनाको कोरोना भाइरसको कारणले मृत्यु भएको छ । योसँगै भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । रौतहटका ३६ वर्षीय पुरूषको असार ३१ गते साढे २ बजे निधन भएको हो ।


प्रकाशित | ३१ असार २०७७, बुधबार १६:५६