मन्त्रिपरिषद बैठक बस्दै, नयाँ प्रहरी महानिरीक्षक नियुक्तिको निर्णय हुने

काठमाडौं : आज अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । प्रहरी महानिरीक्षक नियुक्तिका लागि प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्न लागेको हो । हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण भोलिदेखि अवकाश पाउँदैहुनुहुन्छ ।

ज्ञवालीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउँदै हुनुहुन्छ ।

एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पालमध्ये एक जना नेपाल प्रहरीको नयाँ महानिरीक्षक बन्नुहुनेछ । मन्त्रिपरिषद् बैठकमा अन्य एजेण्डाहरुमा पनि छलफल गर्ने बताइएको छ ।


प्रकाशित | २३ असार २०७७, मंगलवार १२:५८