प्यूठानमा पनि भित्रियो सलह

प्यूठान : प्यूठानमा पनि सलह (कीरा) देखिन थालेपछि किसानहरु चिन्तित बनेका छन् । जिल्लाका विभिन्न स्थानमा सलह देखिन थालेपछि किसान चिन्तित बनेका हुन ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानका निमित्त प्रमुख सुमन खनालका अनुसार पूर्वी प्यूठानको मल्लरानी गाउँपालिका–२ चुँजाबाट सलह भित्रिएको हो । सोमबार बेलुका भित्रिएको सलह अहिले जिल्लाका विभिन्न ठाउँमा फैलिएका छन् ।

जिल्लाको बरौला, अर्खा, रजबारा, बाँदिकोट लगायत ठाउँमा सलह देखिएपछि किसानले आगो बालेर लखेट्न थालेका छन् । सलह देखिएपछि किसानले बाजागाजा बजाउने, आगो बाल्ने लगायतका उपाय अपनाएर लखेट्ने काम गरिरहेका हुन ।


प्रकाशित | १६ असार २०७७, मंगलवार १३:०७