कोभिड प्रभावीत चलचित्रकर्मीको सहयोगमा जुट्दै पुजा र जस्मीन

काठमाडौं : नेपाली कथानक चलचित्र हली फिल्मका निर्माताद्धय पुजा गुरुङ र जस्मीन श्रेष्ठले आफ्ना हली फिल्म यूनिटलाई यो असहज परिस्थितिमा खाद्यान्न सहयोग गर्दै हुनुहुन्छ । साथमा हलीका नायक प्रमोद दीप पनि सहयोगमा जुट्नु भएको हो ।

विश्वभरि फैलिएको कोभिडले चलचित्र क्षेत्रमा काम गर्नेहरुलाई पनि ठुलो असर परेको छ । अहिले कुनै पनि चलचित्र हल चलेको छैन भने कुनै पनि फिल्म सुटिङ भएको छैन र तत्कालै सुटिङ हुने तयारीमा पनि छैन । त्यसैले यतिबेला चलचित्रकर्मीहरु ठुलो मारमा परेका हुन ।

आफ्नो युनिटलाई आफ्नै परिवार मानेर वर्तमान असहज परिस्थिति रहुञ्जेल सहयोग रहने निर्माताद्धयले बताउनुभयो । हली चलचित्रको सम्पूर्ण काम सकिसकेको र अव हलमा प्रदर्शन गर्न मात्र बाँकी छ । चलचित्र नेपाली समाजका समसामयिक विषयमा आधारित छ । यो चलचित्र चिरायु फिल्मस प्रा. ली. को प्रस्तुतिमा बनिरहेको हो ।


प्रकाशित | १० असार २०७७, बुधबार १४:५३