मुस्ताङमा तीन दिन बिताउँदा जे देखियो…(३० तस्विरसहित)

सोनाम लामा 

यात्रा संस्मरण :-

सरकारले भिजीट नेपाल २०२० को औपचारिक उद्घाट गर्दै यो वर्ष २० लाख पर्यटक भित्याउने लक्ष्य लिएको छ । भिजीट नेपालमा पर्यटकीय स्थानहरुको पहिचान गर्दै पर्यटकलाई भ्रमण गराउने लक्ष्य अगाडि सारिरहँदा मुस्ताङले पर्यटकलाई सधै लोम्याउने गरेको छ । विशेष गरि बुद्ध र हिन्दू दुवै धर्मालम्बीहरुको लागि संगमस्थल रहेको मुस्ताङको मुक्तीनाथ मन्दिर लगायत यहाँका मनोरम दृश्यले सबैलाई आर्कषीत गर्छ ।

मुुस्ताङ विदेशी पर्यटक मात्र नभई स्वदेशी पर्यटकको लागि समेत एक पटक पुग्नै पर्ने ठाउँ हो । यसै सन्दर्भमा नयाँ वर्ष तथा ल्होछारको अवसर पारेर मुस्ताङमा तीन दिन बिताउँदा अविस्मरणीय क्षण शेयर गर्न लायक छ ।

मुस्ताङ मेरो लागि प्राय आवतजावत भइ रहने ठाउँ हो । ब्यापार ब्यवसायको दृष्टिकोणले होस वा मुक्तीनाथ मन्दिर परिसरभित्र बुद्धको मूर्ति निर्माण गर्ने सिलसिलामा होस मुस्ताङ आवतजावत मेरो लागि सामान्य हो । तर यस पटक मुस्ताङमा तीन दिन बिताउँदाको क्षण निकै अविस्मरणीय र स्मरणयोग्य रह्यो । विश्वका धेरै जसो मुलुकमा पुगे पनि मुस्ताङमा तीन दिन बिताउँदाको आनन्द सायदै पाएको थिएन होला ।

विशेष गरि मुस्ताङमा यो पटक तीन दिन बिताउँदा कही कतै एउटा पनि बाँदल देखिएन । सफा आकासमा हिउँ परेको दृश्यले साह्रै लोम्यायो । यस पटक मौसमले औधी साथ दिए जस्तो लाग्यो ताकि ल्होछारमा अहिलेसम्मकै सबैभन्दा राम्रो दृश्य देख्न पाइयो ।

मुस्ताङको मुक्तीनाथ मन्दिर क्षेत्रबाट घोडा लिएर करिव तीन घन्टाको यात्रा गरेपछि माथि झोङ भिउटावन्टमा पुगिन्छ जुन ठाउँबाट माथिल्लो मुस्ताङ, कोरला नाका, लोमाङथाङ सबै देखिन्छ ।

तल्लो साइटमा धौलागिरी,मार्फा, लेते देख्न सकिन्छ । यस पटक घोडा चढेर झोङ भिउटावन्टमा पुग्दाको आनन्द बेग्लै थियो । सो दिन त्यस ठाउँबाट तस्विर लिँदा एउटा पनि बाँदल कही कतै देखिएन, आकास सफा थियो, प्राकृतिक सुन्दरतामा भरपूग आनन्द लिन सकिन्थ्यो । सो दिन मात्र नभई यस पटक मुस्ताङमा तीन दिन बिताउँदाको क्षण अहिलेसम्कै रमाइलो बन्यो ।

सरकारले भिजीट नेपाल २०२० मनाइरहँदा मुस्ताङ पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण स्थान मानिन्छ । त्यसैले सरकारले यस क्षेत्रलाई विशेष महत्व दिएर पर्यटकीय आर्कषण बनाउन आवश्यक देखिन्छ । भिजीट नेपालको लागि मुक्तीनाथ मन्दिरसँगै पुरानो ऐतिहासिक गुम्बा भ्रमण गर्न लायक छ । जुन गुम्बा परम्परागत शैलीमा पुनः संरचना गरिएको छ । अन्य गुम्बा भन्दा यो गुम्बा निकै ऐतिहासिक महत्वको छ ।

यसै क्षेत्रको विकासको लागि तथा पर्यटकीय क्षेत्रको प्रबद्र्धनको लागि मुक्तीनाथ परिसरसभित्र बुद्धको मूर्ति निर्माण गरिएको छ । मेरो ब्यक्तीगत लगानीमा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरिएको छ । बुद्धमुर्तिसँगै पाँचवटा स्तुपाहरु पनि निर्माण भइसकेको छ । पाँचवटा स्तुपाहरुमा बुद्धका पाँचवटा स्वरुपहरु रहेका छन् । अहिले बुद्धको मूर्ति वरिपरि गार्डेन बनाउने काम भइरहेको छ । गार्डेनमा नयाँ नयाँ रुख रोप्ने काम भइरहेकाले चाँडै यसको उद्घाटन गरिर्दैछ ।

पर्यटकहरुलाई भ्रमणका लागि आग्रह गरेर वा प्रचारप्रसार गरेरमात्र हुँदैन, त्यसका लागि आवश्यक पूर्वाधार र सुविधाको समेत आवश्यकता हुन्छ भन्ने उद्देश्य राखी मुक्तिनाथको रानीपौवामा हेलिप्याडसहित आकर्षक रिसोर्ट निर्माणको काम भइरहेको छ । लो मुस्ताङ हिमालयन रिसोर्टको संचालन आगामी नेपाली नयाँ वर्षसँगै गर्ने योजना बनाएको छ । लामा गैर आवासीय नेपाली संघको उपाध्यक्ष हुनुहुन्छ ।

 

 

 

      


प्रकाशित | १९ पुष २०७६, शनिबार १९:१२