नयाँ वर्ष लागेसँगै सेयर बजारमा उछाल : सेयर बजारका सबै परिसुचकमा हरियाली, २३ अंकको वृद्धि

काठमाडौं : लगानीकर्ताको विश्वास बढेपछि सेयर बजारमा उछाल आएको छ । नयाँ वर्ष लागेसँगै सेयर बजारमा उछाल आएको हो । मंगलबार सेयर बजार २३.३ अंक बढेर नेप्से परिसुचक १ हजार २१२ अंकमा पुगेको छ । सेयर बजारका सबै परिसुचकमा हरियाली देखिएको छ । नयाँ वर्षको पहिलो दिनको कारोबारबाट नै बढन थालेको सेयर बजार दोस्रो दिन पनि दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से मापन गर्ने सूचक २३.३३ अंकले बढेर परिसूचक १२१२.०५ बिन्दुमा रोकिएको छ । यो दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिम इन्डेक्स ५.४८ अंकले बढेर २६०.२४ बिन्दुमा रोकिएको छ ।

यो दिन १७० कम्पनीको २४ लाख ११ हजार ६५० कित्ता सेयर ७४ करोड २७ लाख १८ हजार ७५१ रुपैयाँको सेयर किनबेच भएको छ । दशवटा उपसमूहको कारोबार हुँदा बैंकिङ २९.४१, होटल १४ डेभलपमेन्ट बैंक २०.०२, जलविद्युत ५.८९, वित्त १०.७४, निर्जीबन बीमा कम्पनी ४८.९२, उत्पादन तथा प्रशोधन २.४६, अन्य २.९३, माइक्रोफाइनान्स ३५.८ र जीवन बीमा ८०.१९ अंकले बढेको छ ।

यो दिन कारोबार रकमका आधारमा एनएमबी बैंक अग्रस्थानमा रहेको छ । ६ करोड ७० लाख ६० हजार ५६८ रुपैयाँको सेयर किनबेच भएको छ भने दोस्रो र तेस्रो स्थानमा एनआईसी एसिया बैंक र प्रभु बैंक रहेका छन् ।

यो दिनको कारोबारमा कमाउने तर्फ श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, सामुदायिक लघुवित्त तथा वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन भने गुमाउनेमा यूनिभर्सल पावर कम्पनी, एभरेष्ट इन्स्योरेन्स, समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् ।


प्रकाशित | ३ बैशाख २०७६, मंगलवार १६:२८