आज भेरी–बबई डाईभर्सनको ‘ब्रेक थ्रु’

सुर्खेत : राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज ब्रेक थु् गरिने भएको छ । सुरुङ निर्माण कार्य पूरा भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले  आयोजनाको आज ब्रेक थु्रु गर्न लाग्नुभएको हो । सुरुङ निर्माणको काम औपचारिक रुपमा सम्पन्न भएको घोषणा गरिनेछ। यो आयोजनामा नेपालमै पहिलो पटक सुरुङ निर्माणका लागि टनेल बोरिङ मेसिन (टीबीएम ) को प्रयोग गरिएको हो।

समय अगावै टीबीएमले १२ दशमलव २ किलोमिटर सुरुङ निर्माण गरिसकेको छ। भेरी नदीको पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् र ५ नम्बर प्रदेशका बर्दिया र बाँकेका ५२ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहितको आयोजनामा भेरीको पानी ड्याम बाधेर सुरुङमार्फत बबईमा स्थल सुर्खेतको भेरीगंगा नगरपालिका–११ को चिप्लेलाई सिंगारिएको छ।

टीबीएम मेसिन २ सय ७४ मिटर लामो छ। ब्रेक थ्रु कार्यक्रममा १ मिटर भाग मात्रै जमिन बाहिर ल्याइने छ। सुरुङ मार्गको ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सुर्खेतलगायतको सहभागिता रहने बताइएको छ ।


प्रकाशित | ३ बैशाख २०७६, मंगलवार ०९:४३