भारतमा अन्तिम चरणको मतदान जारी

दिल्ली : भारतमा आज सातौ चरणको मतदान जारी छ । आम निर्वाचन अन्तर्गत अन्तिम तथा सातौ चरणको मतदान जारी रहेको समाचार एजेन्सीहरुले जनाएका छन् । बिहान ६ बजेबाट शुरु भएको मतदानमा बिहानैबाट मतदानका लागि मतदाताहरु मतदान केन्द्रमा लाम लागेका छन् । आजको मतदान बिहार, हिमाचल प्रदेश, उत्तर प्रदेश, झारखण्ड, पञ्जाब, मध्य प्रदेश, पश्चिम बिहार र चण्डिगढ गरी ८ राज्य तथा केन्द्र शासित प्रदेशका ५९ निर्वाचन क्षेत्रका लागि हुँदै छ । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्रमा बनारसमा पनि आजै मतदान भइरहेको छ । आज हुने मतदानसँगै गत अप्रिल १२ बाट शुरु भएको निर्वाचन आज औपचारिक रुपमा सकिँदैछ । चुनावको मतगणना बिहीबारबाट हुनेछ ।


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार ११:२१