ट्रकमा कार ठोकियो: ६ घाइते, दुईको अवस्था गम्भीर

चितवन : भरतपुर महानगरपालिका–४ लंकुमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बाटो छेउमा रोकिराखेको ना ५ ख ७०८० नम्बरको ट्रकको अघिल्लो भागमा बा १९ च ३९०२ नम्बरको कार सोमबार राति ११ः४५ बजे ठोक्किएको हो । दुर्घटनामा घाइतेमध्ये भरतपुर–१६ का कार चालक २८ वर्षीय अर्जुन गौतम र भरतपुर–१२ का ३८ वर्षीय दिनेश लामाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।


प्रकाशित | ३ बैशाख २०७६, मंगलवार ०९:२०