बालकोट (भक्तपुर ) : सूर्यविनायक नगरपालिका अस्पताललाई बालकोट युवा समाजले कोरोना सँग सम्बन्धीत विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । बालकोट निवासी रवि राणको नेतृत्वमा सूर्यविनायक नगरपालिका अस्पताललाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
राणले सूर्यविनायक नगरपालिका अस्पताल सञ्चालक समितिका अध्यक्ष तथा नपा ४ का वडाध्यक्ष उत्तम थापालाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीहरुमा मास्क ५ सय पिस, १ हजार ग्लोप्स, ५ लिटर सेन्टिाईजर, पीपीई ५ थान, थे्रेस शिल्ड ५ थान रहेको छ । यसअघि पनि रवि राणाले भक्तपुर क्यान्सर अस्पताललाई पनि यस्तै स्वास्थ्य सामाग्री वितरण गर्नुभएको थियो भने विभिन्न ज्यालादारी मजदूरी गर्ने तथा कोठा भाडामा बस्ने विद्यार्थीलाई सहयोग गरिरहनु भएको छ ।
अहिलेसम्म १ हजार १ सय ४० जनालाई राहत वितरण गरिसकेको राणाले जानकारी गराउनुभयो ।
प्रकाशित | १६ जेष्ठ २०७७, शुक्रबार १६:१५