अबदेखि सबै विदेशी नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य गर्ने घोषणा

काठमाडौं : सरकारले सबै विदेशी नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०७७ ०७८ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गर्नुभएको हो । सरकारको यो घोषणा कार्यान्वयन भएमा नेपालमा निर्वाध रूपमा काम गरिरहेका लाखौँ भारतीय नागरिक प्रभावित हुनेछन् ।


प्रकाशित | १५ जेष्ठ २०७७, बिहीबार १८:१२