हङकङबाट केएमई फाइनान्ससँगै केएमई रेमिट्यान्स सेवा पनि शुरु

हङकङ : केएमई फाइनान्सले रेमिट्यान्स सेवा पनि शुरु गरेको छ ।  हङकङका महावाणिज्यदूत कमलप्रसाद भट्टराईले केएमई कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच रेमिट्यान्स कारोबार सुरु गरिएको हो ।

Image may contain: 5 people, people standing, people sitting and indoor

कन्सुल जनरल भट्टराईले हङकङमा आर्जन गरेको रकम नेपाल भित्राउन र आवश्यक परेको बेला नेपालको रकम हङकङ ल्याउन वैधानिक माध्यम केएमई बन्ने विश्वास ब्यक्त गर्नुभयो ।

Image may contain: 11 people, including Gokarna Dhakal, people standing

सो अवसरमा केएमईका निर्देशक गोकर्णप्रसाद ढकालले बैंक ट्रान्सफर, वालेट पेमेन्ट र मोवाइल पेमेन्टजस्ता सुविधा रहने र सर्भिस चार्ज नलिने जानकारी गराउनुभयो ।

Image may contain: 5 people, including Gokarna Dhakal, people standing

 

सोही अवसरमा अर्का निर्देशक कृष्णप्रसाद पाण्डेले हङकङबाट नेपालमा हुने रेमिटेन्सलाई विशेष केन्द्रमा राखेर केएमई अगाडि बढ्ने योजना रहेको बताउनुभयो ।

Image may contain: 6 people, including Gokarna Dhakal, people sitting and indoor

उद्घाटन कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डासु राम पराजुलीले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कार्यकारी निर्देशक टीकामाया श्रेष्ठलगायत अन्य लगानीकर्तासमेतको उपस्थिति रहेको थियो ।

Image may contain: 5 people, including Gokarna Dhakal, indoor

अब हङकङमा रहेका नेपालीले केएमई रेमिट्यान्सको सेवा प्रयोग गरी सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७५ सयभन्दा बढी एजेन्टबाट सजिलै भुक्तानी लिन सकिनेछ । नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने सिटी एक्सप्रेसले जनाएको छ ।

Image may contain: 2 people, including Gokarna Dhakal, people sitting, food and indoor

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध–निर्देशक चन्द्र टण्डन र केएमई रेमिट्यान्सको तर्फबाट निर्देशक कविता गुरुङले हस्ताक्षर गर्नुभएको छ । नेपाल विप्रेषण पठाउँदा १ हप्ताका लागि निःशुल्क पठाउने व्यवस्था गरिएको जनाइएको छ ।


प्रकाशित | १३ जेष्ठ २०७७, मंगलवार १०:०३