स्वास्थ्य मन्त्रालयले त्रुटि सच्याउँदै भन्यो -नेपालमा कोरोना संक्रमित २४५ मात्र

काठमाडौं : नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २४५ जना मात्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार बिहान २ पटक सार्वजनिक गरेको तथ्यांक गलत रहेको भन्दै मन्त्रालयले क्रुटी सच्याएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले प्राविधिक कारणले पहिला नै पुष्टि भएका ५ जनाको विवरण पुन रिपोर्टिङ भएको भन्दै हालसम्म संक्रमितको संख्या २४५ मात्र रहेको बताउनुभयो ।

मन्त्रालयले बिहान पहिलो पटक २ र दोस्रो पटक ५ गरी ७ जना कोरोना संक्रमित थपिएको सूचना बाहिर ल्याएको थियो। तर उक्त सूचनामा दोस्रो पटक ५ जना थपिएको भनिएको सूचना गलत रहेको भन्दै मन्त्रालयले त्रुटि सच्याएको हो ।


प्रकाशित | १ जेष्ठ २०७७, बिहीबार ११:३७