कोरोनाको कारणले कोही ब्यक्ती पनि भोकै मर्न नदिने गरि बजेट ल्याउँन सांसद पण्डितको आग्रह

काठमाडौं:  पूर्व मन्त्री तथा सांसद लालबाबु पण्डितले सरकारले कोरोनाको कारण कोही पनि नेपालीलाई मन नदिने गरि बजेट ल्याउनुपर्नेमा जोड दिनुभएको छ । कोरोना लागेर भन्दा भोकले मान्छे मर्ने सम्भावना भएको भन्दै सांसद पण्डितले सरकारले गम्भिर भएर बजेटको आकार घटाउँदै कोरोना लक्षित बजेट ल्याउनुपर्नेमा जोड दिनुभएको हो ।

आज संसदमा बोल्नुहुँदै सांसद पण्डितले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्कने वन्दोवस्तको लागि आवश्यक पहल गर्न सरकारसँग माग समेत गर्नुभयो । साथै पण्डितले मजदूर र कृषि क्षेत्रलाई विशेष ध्यान दिएर बजेट ल्याउन आग्रह पनि गर्नुभयो ।

अबको दिनमा मुलुकमा आर्थिक संकट देखा पर्ने भएकाले गैर आवासीय नेपालीको पुँजी भित्याएर उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने सांसद पण्डितको जोड थियो । अब निजी क्षेत्रलाई विशेष प्राथमिकता दिर्दै गैर आवासीय नेपालीको लगानी भित्याउनुपर्ने सांसद पण्डितले बताउनुभयो ।


प्रकाशित | ३० बैशाख २०७७, मंगलवार १६:४६