कपिलवस्तु, रुपन्देही र बर्दियाका थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३४ पुग्यो

काठमाडौं : नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देही र बर्दियामा गरी १३ जना नयाँ संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ गरी १३ जना संक्रमित थपिएका हुन्। यो सहित नेपालमा संक्रमितको संख्या १३४ पुगेको छ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभुमि नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुष, रुपन्देही समरीमाई गाउँपालिका ७ र लुम्बिनी संस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुष र बर्दियाको राजापुर ५ का ११ वर्षीया किशोरीमा संक्रमण पुष्टि भएको हो।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो । आज सोमबार नै बिहान १० र दिउसो १ जना संक्रमित थपिएका थिए। सोमबार एकैदिन २४ जना संक्रमित थपिएका हुन्।

Image may contain: text


प्रकाशित | २९ बैशाख २०७७, सोमबार २०:०७