अभिनेत्री दीपिका पादुकोण के आमा बन्दैछिन् ?

काठमाडौं :  बलिउडमा चर्चामा आइरहने जोडी हुन् रणवीर दीपिका । आआफ्ना फिल्मका कारण चर्चामा आइरहने रणवीर सिंह र दीपिका पादुकोण बलिउडका सफल कलाकार हुन् । लामो प्रेम सम्बन्धपछी बिबाह बन्धनमा बाधिँएका यी जोडीका तस्बिरहरु बेलाबेलामा सामाजिक सञ्जालमा भाइरल बनिरहेका हुन्छन् । यी दुई विवाह बन्धनमा बाँधिएको एक वर्ष पुरा हुँदा पनि अहिलेसम्म नयाँ खबर आएको थिएन ।

तर हालै एक तस्बिरले दीपिका आमा बन्न लागेको संकेत देखिएको छ । अभिनेत्री दीपिकाले सामाजिक सञ्जालमा एक तस्बिर शेयर गरेकी छिन् । उक्त तस्बिरमा काँचो आँप देखिएको छ । उनले शेयर गरेको स्टाटसमा धेर फ्यानले उनलाई प्रश्न गरेका छन् ।


प्रकाशित | २७ बैशाख २०७७, शनिबार २०:०९