‘बैजु बावरा’ मा रणवीर सिंह र आलिया भट्ट

काठमाडौं : निर्देशक संजयलीला भन्सालीको नयाँ फिल्ममा अभिनेता रणवीर सिंह र आलिया भट्टले अभिनय गर्ने भएका छन् । भन्सालीको नयाँ फिल्म ‘बैजु बावरा’मा रणवीर र आलिया फाइनल भएका हुन् ।

भन्सालीले आफ्नो नयाँ फिल्मको लागि रणवीर र आलियालाई रोजेका हुन् । उनले आफ्नो यस फिल्मको लागि रणवीर र आलिया फिट हुने बताएका छन् ।

यस्तै भन्सालीको अर्को फिल्म ‘गंगुबाई काठियावाडी’को छायांकन पनि लकडाउनले गर्दा रोकिएको थियो । लकडाउनका कारण फिल्मको छायांकन रोकिएपछि उनले नयाँ फिल्म खोजेका हुन् । अब फिल्म ‘गंगुबाई काठियावाडी’ पछि फिल्म ‘बैजु बावरा’ को छायांकन गरिने जनाइएको छ ।


प्रकाशित | २३ बैशाख २०७७, मंगलवार १०:२५