ओमानमा रहेका नेपालीलाई कुनै समस्या परे सम्पर्क गर्न र पुर्ण रूपमा सतर्कता अपनाउन दूतावासको अपिल

मस्कट: ओमानस्थित नेपाली राजदूतावासले ओमनबासी नेपाली समुदायलाई कोभिड १९ स्वास्थ्य सम्बन्धी पूर्णरूपमा सतर्कता अपनाउन अपिल गरेको छ । दूतावासले एक बिज्ञप्ति जारी गर्दै ओमानमा कार्यरत कुनै पनि नेपालीलाई समस्या परे सम्पर्क गर्न र कोरोना सम्बन्धी सबै खालका सुरक्षा सावधानी अपनाउन अपिल गरेको हो ।

ब्यवसायिक गतिविधिमा संलग्न नेपालीहरूले पर्याप्त रूपमा सचेत रहन र स्वास्थ्य सम्बन्धी पूर्णरूपमा सतर्कता अपनाउनु हुन अनुरोध गर्दछौ, राजदूतावासले भनेको छ, व्यवसायिक कामको लागि ओहोर दोहोर गर्दा वा अत्यावश्यक व्यक्तिगत काम पर्दा समेत समूहमा आवत जावत नगरी पर्याप्त मात्रामा सामाजिक दूरी कायम गर्न समेत सबैमा अपिल गर्दछ ।

कोरोना भाइरसको कारणले ओमानमा अहिलेसम्म २ हजार ३ सय ४८ जना संक्रमण भएकोमा ४ सय ४५ जना निको भइसकेको पनि उल्लेख गरिएको छ । साथै ओमानमा कोरोनाको कारण ११ जनाले ज्यान गुमाएको जनाइएको छ ।

त्यस्तै, ओमानको कोभिड १९ रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको निर्णयानुसार २८ अप्रिल २०२० मंगलबारबाट ओमानमा केही व्यवसायहरू आंशिकरूपमा खुलेको पनि दूतावासले जनाएको छ ।

त्यसैगरी, नेपालको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सम्बन्धी उच्चस्तरीय समन्वय समितिले आगामी ज्येष्ठ २ गते सम्म सम्पूर्ण आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडानहरू बन्द गर्ने निर्णय गरेको पनि दूतावासले सबैमा जानकारी गराएको छ ।

Image may contain: text


प्रकाशित | १८ बैशाख २०७७, बिहीबार २१:३६