गैर आवासीय नेपाली संघद्धारा नेपाल सरकारलाई चीनबाट ल्याइएका स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले नेपाल सरकारलाई दोस्रो चरणमा चीनबाट ल्याइएका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया, चीन र मकाउको संयोजनमा खरिद गरिएको दोश्रो चरणका स्वास्थ्य समाग्रीहरु एक कार्यक्रमबीच नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई एनआरएनए आइसिसी उपाध्यक्ष सोनाम लामाले चीनबाट ल्याइएका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

Image may contain: 3 people

एनआरएनएले पहिलो चरणमा कोरियाबाट ल्याइएको विभिन्न स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरिसकिएको छ । अझै एनआरएनएले खरिद गरेको सामान आउँन बाँकि छ ।

एनआरएनए चीनका अध्यक्ष प्रदिप न्यौपानेका अनुसार नेपाल सरकारलाई दोस्रो चरणमा हस्तान्तरण गरिएका सामानहरुमा केएन ९५ माक्स २ हजार ४ सय ५० वटा, डिस्पोजेबल मास्क ४० हजार वटा, ह्याण्ड ग्लोक्स ४० हजार वटा, इन्फ्रारेड थर्ममिटर ३ सय १० वटा, फेस सिल्ड २ हजार वटा, पिपिई २ हजार सेट हस्तान्तरण गरिएको हो ।

ती सामानहरुमध्ये एनआरएनए चीनको तर्फबाट ह्याण्ड ग्लोक्स ३० हजार वटा, डिस्पोजेबल मास्क २० हजार वटा, केएन ९५ माक्स १ हजार ४ सय ५० र एनआरएनए कोरियाको तर्फबाट इन्फ्रारेड थर्ममिटर ३ सय १० वटा, फेस सिल्ड २ हजार वटा, पिपिई गाउन २ हजार, केएन ९५ माक्स १ हजार वटा, डिस्पोजेबल मास्क २० हजार वटा र ह्याण्ड ग्लोक्स १० हजार वटा हस्तान्तरण गरिएको अध्यक्ष न्यौपानेले जानकारी गराउनुभयो ।

कार्यक्रममा स्वास्थ्य सचिव र स्वास्थ्य मन्त्रालयका अधिकारीहरु, संघका एसिया प्रशान्त क्षेत्रिय संयोजक गोविन्द श्रेष्ठ (रोविन्द), राष्ट्रिय समन्वय परिषद चीनका अध्यक्ष प्रदिप न्यौपाने लगायत एनसिसि चीन, कोरिया प्रतिनिधिहरु र संघको सचिवालयका प्रतिनिधिको सहभागीता रहेको थियो ।


प्रकाशित | १८ बैशाख २०७७, बिहीबार १४:४६