आन्तरिक र बाह्य उडान जेठ २ गतेसम्म बन्द गर्ने निर्णय

काठमाडौं : सरकारले आन्तरिक र बाह्य उडान जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । प्रधारमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयन समितिको बैठकले जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

मे १५ सम्मको लागि उडान रोक्ने पहिलोको निर्णयलाई यथावत राख्ने निर्णय बैठकले गरेको हो ।  सरकारले ९ चैतबाट अन्तर्राष्ट्रिय उडान र ११ चैतबाट आन्तरिक उडान रोकेको थियो ।


प्रकाशित | १३ बैशाख २०७७, शनिबार १७:१३