स्वर्णमा गौरिकाको कीर्तिमानी ह्याट्रिक !

काठमाडौं: १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छिन् । सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार गौरिकाले ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् ।

योसँगै गौरिकाले एकै सागमा तीन स्वर्ण जित्दै कीर्तिमान बनाएकी छिन् । ओलम्पियन गौरिकाले यस अघि २ सय मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् ।


प्रकाशित | २२ मंसिर २०७६, आईतवार १७:५०